सन्दिपविरुद्धको मुद्दामा सुनुवाई भएन, एसिया कप खेल्न भोलि पाकिस्तान जाने

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाई हुन सकेन ।

आइतबारको सुनुवाई भदौ २१ गतेसम्मलाई सरेपछि उनी एसिया कप खेल्न भोलि सोमबार पाकिस्तान जाने भएका छन् ।

जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको सन्दिपमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइनेमा परेको हो ।

पेशी सरेपछि सन्दीप भोलि नै एसिया कपका लागि पाकिस्तान उड्ने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि सन्दीप सम्भवत भोलि पाकिस्तान जाने बताए ।

नेपालको बाँकी टिम भने भदौ ५ गते नै पाकिस्तान गएर अभ्यास गरिरहेको छ । नेपालले एसिया कपमा समूह चरणमा पाकिस्तान र भारतसँग खेल्नेछ ।

नेपालले एसिया कपको पहिलो खेल पकिस्तानसँग अगष्ट ३० (भदौ १३) मा मुल्तानमा खेल्नेछ भने भारतसँगको खेल सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?