इमर्जिङ टिम्स एसिया कप : नेपाल पाकिस्तान एसँग पराजित

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तान एसँग नेपाल ४ विकेटले पराजित भएको छ ।

कोलम्बो क्रिकट क्लब ग्राउण्डमा पहिले ब्याटिङ गर्दै १७९ रन बनाएको थियो । पाकिस्तानले जितका लागि पाएको १८० रनको लक्ष्य ३२.५ ओभरमा ६ विकेट गुमाएर भेटायो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो ।

नेपालका लागि नवौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । उनले १०१ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरे ।

यस्तै दशौं नम्बरमा ब्याटिङ गरेका प्रतिश जिसीले २४ बल खेल्दै १ चौका र २ छक्का मदतमा २६ रन बनाए । सोमपाल र प्रतिश मिलेर नवौं विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गरे ।

दशौं विकेटका लागि सोमपालले ललित राजवंशीसँग ४९ रनको साझेदारी गरे ।

नेपाललाई अलआउट गर्न पाकिस्तान ए का लागि दहानीले १० ओभरमा ३ मेडन राख्दै ३८ रन खर्चेर ५ विकेट लिए ।

यस्तै मोहमद वासिम जुनियरले १० ओभरमा १ मेडन राख्दै ५१ रन खर्चेर ४ विकेट लिए भने मुबासिर खानले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?