आईसीसी एक दिवसीय विश्वकप छनोट : नेपाल र जिम्बावेबीचको खेल आज

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार आज अपराह्न १२ः ४५ बजेबाट सुरु हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बावेलाई स्तब्ध पार्ने उद्देश्यसहित मैदानमा उत्रनेछ ।

जिम्बावेसँग भिड्नुअघिका दुई अभ्यास खेलमा भोगेको हार बिर्सिदै नेपालले आयोजकविरुद्ध जित हात पार्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?