अमेरिकालाई हराउँदै जापानले जित्यो बेसबल क्लासिकको उपाधि

जापानले विश्व बेसबल क्लासिक (डब्लुबीसी) को उपाधि जितेको छ ।

जापानी समयअनुसार बुधबार बिहान भएको प्रतिस्पर्धाको रोमाञ्चक अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन अमेरिकालाई ३–२ ले हराउँदै जापानले उपाधि उचालेको हो ।

योसँगै जापानले तेस्रो पटक डब्लुबीसीको उपाधि जितेको छ । सन् २००६ र सन् २००९ मा उपाधि चुमेयता जापानले पहिलो पटक उपाधि जित्न सफल भएको हो ।

सबैभन्दा धेरै डब्ल्यूबीसी जित्ने जापान एक मात्रै देश हो । प्रतिस्पर्धाको यो संस्करणमा जापानले खेलेको सबै ७ खेलमा जित हात पारेको हो । शोहेई ओह्तानीको शानदार प्रदर्शनसँगै जापानले डब्लुबीसीमा शानदार पुनरागमन गरेको छ ।

फाइनलमा जापान र अमेरिकाबीचको भिडन्त निकै रोमाञ्चक थियो । यसलाई धेरैले ओह्तानीविरुद्ध माइक ट्राउटको प्रतिस्पर्धाको रुपमा अथ्र्याएका थिए ।

यो ओह्तानीको करियरको सबैभन्दा ठ樂威壯 ूलो जित हो । डब्लुबीसी २०२३ मा ओह्तानी सबैभन्दा मूल्यवान खेलाडीको अवार्ड जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?