जापान डब्लुबीसीको फाइनलमा, मेक्सिको ६–५ ले पराजित

जापान वल्र्ड बेसशल क्लासिक (डब्लुबीसी) को फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको मियामीमा भएको सेमिफाइनल चरणको दोस्रो खेलमा मेक्सिकोलाई ६–५ ले हराउँदै जापान फाइनलमा स्थान बनाएका हो ।

खेलमा मेक्सिकोले ३–० को अग्रता लिएको थियो । तर जापान मेक्सिकोविरुद्ध हाबी भयो र खेल उल्ट्यायो । फाइनल खेल मियामीमा मंगलबार राति हुनेछ ।

जापानी समयअनुसार भने खेल बुधबार बिहान हुनेछ । सो खेलमा सामुराई जापानले अमेरिकी टोलीको सामना गर्नेछ ।

आइतबारको अर्को खेलमा अमेरिकाले क्युबालाई १४–२ को फारकिलो अन्तरले हराएर फाइनलमा पुगेको थियो ।

डब्लुबीसीको सुरुवाती वर्षहरुमा जापानको प्रदर्शन निकै राम्रो थियो । सबैभन्दा धेरै डब्लुबीसी उपाधि आफ्नो पोल्टामा पार्ने जापान एक मात्रै देश हो ।

उसले सन् २००६ र सन् २००९ को संस्करणको उपाधिलाई आफ्नो पोल्टामा पारेको छ । सन् २००६ मा जापानले क्युबालाई हराएर उपाधि हात पारेको थियो भने सन् २००९ मा दक्षिण कोरियालाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?