
जापान विश्व बेसबल क्लासिक (डब्ल्युसीबी) प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इटलीमाथि ९–३ को जित हात पार्दै जापान सेमिफाइनलमा पुगेको हो । योसँगै प्रतिस्पर्धाको सेमिफाइनलमा लगातार पाचौं पटक पुग्ने रेकर्ड युमिउरी जायन्टले बनाएको छ ।
काजुमा ओकामोतो र शोहेई ओहतानी चम्किँदा जापानले जित हात पार्न सफल भएको छ । ओकामोतोले तीन–रन होम रन बनाए ।
योसँगै जापानले तेस्रो इनिङमा चार रनले अग्रता लिएको थियो । ओहतानीले पनि ४ २÷३ इनिङमा जापानका लागि २ रन बनाएका थिए ।
मियामीमा सोमबार क्वाटरफाइलन हुँदैछ । क्वाटरफाइनलमा जापानले मेक्सिको वा प्युर्टोरिकोबीचको विजेतासँग खेल्नेछ ।
डब्ल्युबीसीको पाँच वटै सेमिफाइनलमा पुग्ने जापान एक मात्रै देश हो । जापानले सन् २००५ र सन् २००९ को संस्करण जितेको थियो ।
सन् २०१३ प्युर्टोरिको र सन् २०१७ मा अमेरिकामा भएको प्रतिस्पर्धामा सामुराई वारियर नक आउटबाटै घर फर्किएको थियो ।
