आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो जित

आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खे威而鋼 लमा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा स्टकल्याण्डलाई हराएको थियो ।

नामिबियाले जितका लागि दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा आशिफ शेखले सर्वाधिक ८१ रन बनाए । उनले ९८ बल खेल्दै आठ चौका र दुई छक्का प्रहार गरे ।

त्यसैगरी ज्ञानेन्द्र मल्लले ६५ रन बनाए भने कुशल मल्ले ६२ रन जोडे । कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए । सोमपाल कामी आठ रनमा अविजित रहँदा सन्दीप जोराले तीन तथा कुशल भुर्तेलले एक रन बनाएका थिए ।
बलिङतर्फ नामिबियाको रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए भने बेर्नाड स्कोटजले दुई विकेट झारे ।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६३ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे ।

नामिबियाका अर्का खेलाडी पिकीं या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५–१५ रन बनाए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसीले एक विकेट हात पारे ।
त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अब नेपालले आफ्नो अन्तिम खेल फागुन ९ गते स्कटल्याण्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?