काओरु मितोमा जापानको वर्ष खेलाडी घोषित

जापानका व्यवसायिक फुटबल खेलाडी संघले काओरु मितोमालाई सन् २०२२ को ‘प्लेयर अफ दि इयर’ घोषित गरेको छ ।

मितोमा इंग्लिस प्रिमियर लिग क्लब ब्राइटन एन्ड होव अल्बियोनबाट व्यवसायिक फुटबल खेल्छन् । उनले हालै कतारमा सम्पन्न भएको विश्वकप फुटबलमा जापानलाई प्रिक्वाटरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

स्पेनलाई पराजित गर्दै जापानले प्रिक्वाटर फाइनलमा स्थान बनाएको खेलमा उनले गोलका लागि अवसर मिलाएका थिए ।

खेलाडी संघका अध्यक्ष तथा कतार विश्वकपमा कप्तानी गरेका खेलाडी योशिदा मायाले अन्य खेलाडीले सकारात्मक रुपमा मूल्यांकन गर्नु महत्वपूर्ण भएको भन्दै यस्ता पुरस्कारले खेलाडीको मनोबल थप बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?