एभरेष्ट ईन्टरनेशनल स्कूलमा सांस्कृतिक दिवस मनाइयो


टोकियो ।
जापानमा रहेको एभरेष्ट इन्टरनेश्नल स्कूलले दशौँ संस्करणको सांस्कृतिक दिवस सम्पन्न गरेको छ । सोमबार जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यक्रमको उदघाटन गरे ।

कार्यक्रममा बोल्दै सुवेदीले जापान र नेपालबीचको सम्बन्ध पुरानो भएको चर्चा गर्दै, नेपाली र जापानी नागरिक बीचको सम्बन्ध अझ प्रगाढ बनाउन कला र संस्कृति महत्वपूर्ण पाटो भएको बताए ।

उनले विद्यालयको थप प्रगतिको गर्दै जापानमा नेपाली बालबालिकाहरुको शैक्षिक बिकासमा विद्यालयले निर्वाह गरेकौ भूमिकाकौ सरहाना गरे । आगामी दिनमा विद्यालयको स्तरोन्नतिका लागि नेपाली राजदूतावासको सँधै सहकार्य रहने उनले प्रतिवद्धता जनाए ।


कार्यक्रममा विद्यार्थीहरुले नेपाली कला र संस्कृति झल्कने पोशाक सहित नृत्य तथा गायन प्रस्तुत गरेका थिए । नेपालको भौगोलिक अवस्था, धार्मिक एवं राष्टभक्तिपूर्ण भेषभूषामा सजिएर गरेको प्रस्तुतिमा अभिभावक मात्र नभइ जापानी नागरिकहरु समेतले चासौ पूर्वक अवलोकन गरेका थिए ।


समारोहमा सुगिनामी वार्डका गभर्नर वातानाबे फुजियो, टोकियो मेट्रोपोलिटन गभर्मेन्ट अन्तर्राष्ट्रिय समुदाय, नागरिक सुरक्षा प्रबर्द्धन विभागका निर्देशक हिरोकाता मियुरा, एनआरएन जापानका अध्यक्ष शिवप्रसाद पौडेल, शिक्षक–अभिभावक संघका सदस्य सञ्जिव पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष रबिन शर्मा लगायतका अतिथिहरुले आ–आफ्ना धारणा राख्दै कार्यक्रम सफलताको कामना गर्नुकासाथै नजिकिदै गरेको अंग्रेजी नयाँ वर्षको शुभकामना ब्यक्त गरे ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष भवन भट्टको भर्चूअल अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल बिष्णुप्रसाद भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?