मेस्सीको दुई गोलमा जमैकाविरुद्ध अर्जेन्टिनाको जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जमैकालाई ३–० ले हराएको छ ।

बुधबार बिहान अमेरिकामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले २ गोल गरे भने जुलियन अल्भारेजले १ गोल गरे ।

खेलको १३ औं मिनेटमा नै गोल गर्दै अल्भारेजले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले अघि रहेको अर्जेन्टिनाका लागि कप्तान मेस्सीले अन्तिम ४ मिनेटमा दुई गोल गरे । मेस्सी खेलको ५४ मिनेटमा इमिलियानो मार्टिनेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।

खेलको ८६ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए भने ८९ औं मिनेटमा अर्को गोल गर्दै ३–० को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?