पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कपको उपाधि

टी–२० एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले हात पारेको छ । गएराति दुबईमा भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले उपाधि उचालेको हो ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो । तर, पाकिस्तानले निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका मोहम्मद रिजवानले ५५ रनमा बनाए भने इफ्तिखार अहमदले ३२ रन र हरिस रौफले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन स्कोर गर्न सकेनन् ।

श्रीलंकाका प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए भने स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । यस्तै, चामिका करुणारत्ने दुई र महेथ थिक्सेनाले एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।

श्रीलंकाका भानुका राजपक्षेले सर्वाधिक ७१ रन बनाए भने वानिन्दु हसरंगाले ३६, धनन्जय डे सिल्भाले २८ र चमिकाले १४ रन बनाएका थिए ।

श्रीलंकाको यो छैटौं एसिया कप उपाधि हो । श्रीलंकाले सन् २०१४ पछि उपाधि जितेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?