म निर्दोष छु, नेपालको कानुनमा विश्वास छ : सन्दीप लामिछाने

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दिप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् ।

उनले एक स्टाटस लेख्दै आफू निर्दोष रहेको र नेपालको सम्मानजनक कानुनमा विश्वास राख्ने उल्लेख गरेका छन् ।

उनले आफू क्यारेबियन लिगबाट बिदा लिएर केही दिनमा नै स्वदेश फर्किने जानकारी समेत दिएका छन् ।

उनले आफू यी सबै निराधार आरोपहरुको सामना गर्न तयार रहेको समेत उल्लेख गरेका छन् । उनले सही छानबिनको माग गर्दै कानुनले सबैलाई समान व्यवहार गर्ने आशा समेत व्यक्त गरेका छन् ।

बलात्कारको आरोपपछि बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?