काठमाडौंस्थित पाकिस्तानी दूतावासले महिला साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाल आएको पाकिस्तानको महिला फुटबल टिमलाई स्वागत गरेको छ ।

दूतावासले आज काठमाडौंस्थित दूतावासमा कार्यक्रमको आयोजना गरी महिला फुटबल टिमलाई स्वागत गरेको हो ।
पाकिस्तानको महिला फुटबल टिम यही १९ सेप्टेम्बरसम्म काठमाडौंमा हुने महिला साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाल आएको छ ।
पाकिस्तानका राजदूत सैयद हैदर शाहसहित दूतावासका अधिकारीहरुले टोलीलाई दूतावासमा सम्मान गर्दै प्रतियोगितामा सफलताको शुभकामना दिएका थिए ।