
बलात्कारको आरोप लागेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बित भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै राष्ट्रिय टिमका कप्तान लामिछानेलाई निलम्बन गरेको हो ।
लामिछानेविरुद्ध एक किशोरीले काठमाडौं प्रहरीमा बलात्कार गरेको भन्दै उजुरी दिएकी छन् ।
मंगलबार उजुरी परेपछि बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको जानकारी दिए ।
अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको क्यानले जनाएको छ ।
हेर्नुहोस् नेपाल क्रिकेट संघ (क्यान) को विज्ञप्ति
