
एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तानले भारतसँग समूह चरणमा भोगेको हारको बदला लिएको छ ।
गएराति सुपर फोर अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गएराति भएको खेलमा भारतले दिएको १८२ रनको लक्ष्य १९ दशमलव ५ ओभरमा भेट्टायो ।
पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ७१ रन बनाए भने मोहमद नवाजले ४२ रन, फकर जमानले १५, कप्तान बाबर आजम १४, आसिफ अलीले १६ र खुस्दिल शाहले अविजित १४ रन बनाए ।
भारतका लागि भुवनेश्वर कुमार, हार्दिक पाण्ड्य, अश्रदिप सिंह, रवि विश्नोइ र युजभेन्द्र चाहलले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो ।
भारतका लागि विराट कोहलीले ६० रन, कप्तान रोहित शर्मा र केएल राहुलले समान २८–२८, दीपक होडा १६, ऋषव पन्त १४ र सूर्यकुमार यादवले १३ रन बनाए ।
पाकिस्तानका शादब खानले २ विकेट लिए भने निसम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले एक–एक विकेट हात पारे । जितपछि चार टिम रहेको सुपर फोरमा पाकिस्तानले २ अंक जोडेको छ ।