
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
शनिबार साँझ एभर्टनको मैदानमा भएको खेलमा लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको हो । खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भए ।
खेलको ६९औं मिनेटमा एभर्टनका कोनर कोडीले गोल गरेका थिए । तर उनको गोलले मान्यता पाएन । भीएआरको सहायताले उनको गोललाई अफसाइड दिईएको थियो ।
यस बराबरीसँगै पाँचौ स्थानमा रहेको लिभरपुलले ६ खेलबाट ९ अंक जोडेको छ । लिभरपुलले जारी सिजनमा २ खेलमा जित निकालेको छ भने ३ मा बराबरी र एक हार भोगेको छ ।
एभर्टन ४ अंक जोडेर १४ औं स्थानमा रहेको छ । एभर्टनले चार खेलमा बराबरी खेलेको छ । फ्रान्क लाम्पार्डको टिमले जितका लागि अझै पर्खिनुपर्ने भएको छ ।