
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको छ ।
टर्कीको इस्तानबुलमा गएराति सिजन २०२२/२३ को च्याम्यिन्स लिगको ड्र सार्वजनिक भएको हो ।
ड्र अनुसार समूह सीलाई ग्रुप अफ डेथमा रुपमा हेरिएको छ । यो समूहमा बार्यन म्युनिखसँगै बार्सिलोना, इन्टरमिलान र भिक्टोरिया प्लेजान छन् ।
गत सिजनमा बार्सिलोना बायर्नसँगै पराजित भएर च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । यसपटक बार्सिलोनाले समूह चरणमा पुरानै प्रतिद्वन्द्वी पाएको हो ।
तर गत सिजन बायर्नमा रहेका गोल मेसिन रोबर्ट लेवान्डोस्की यो सिजन बार्सिलोनामा छन् ।
समूह चरणमै लेवान्डोस्कीले आफ्नो पुरानो क्लबविरुद्ध खेल्ने भएका हुन् ।
उता फ्रेन्चक्लब पीएसजी र इटालियन क्लब युभेन्ट्स पनि एउटै समूह एचमा परेका छन् ।
यस्तो छ समूह चरणको ड्र
समूह ए : आयाक्स, लिभरपुल, नापोली, रेन्जर्स
समूह बी : पोर्टो, एट्लेटिको म्याड्रिड, बायर लेभरकुसन, क्लब ब्रुज
समूह सी : बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्लेजन
समूह डी : आइन्ट्राक्ट फ्रान्कफर्ट, टोटेनहम हट्सपर, स्पोर्टिङ लिस्बन, मार्से
समूह ई : एसी मिलान, चेल्सी, आरबी साल्जबर्ग, डिनामो जाग्रेब
समूह एफ : रियल म्याड्रिड, आरबी लाइप्जिग, शाख्तार डोनेस्क, सेल्टिक
समूह जी : म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमुन्ड, कोपनहेगन
समूह एच : पेरिस सेन्ट जर्मेन, युभेन्टस, बेन्फिका, मक्काबी हाइफा