बलिउड अभिनेता अमिताभ बच्चनलाई फेरि कोरोना संक्रमण

बलिउड अभिनेता अमिताभ बच्चन फेरि कोरोना संक्रमित भएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत आफू कोरोना संक्रमित भएको उनले जानकारी दिएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘म कोरोना संक्रमित भएको छु । जो मेरो सम्पर्कमा आउनु भएको छ, कृपया आफ्नो कोरोना परीक्षण गराउनुहोस् ।’

बच्चन दोस्रोपटक कोरोना संक्रमित भएका हुन् । यसअघि २०२० को जुलाईमा पनि उनी कोभिड संक्रमित भएका थिए ।

त्यसबेला उनी अस्पताल भर्ना हुनुपरेको थियो । त्यसबेला उनका छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या राय पनि कोरोना संक्रमित भएका थिए ।

अमिताभ बच्चन यतिबेला क्विज शो कौन बनेगा करोडपतिको शुटिङ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?