
प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । लगातार दुई खेलमा पराजय भोगेको युनाइटेडले लिभरपुललाई २–१ ले हराएको हो ।
नयाँ प्रशिक्षक एरिक टेन हाग नेतृत्वमा पहिलो जित दर्ता गर्ने क्रममा घरेलु मैदान ओल्ड ट्राफोर्डमा जाडोन सान्चो र मार्कस रासफोर्डले एक एक गोल गरे ।
खेलको १६औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । मार्कस रासफोर्डले ५३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
लिभरपुलका लागि मोहमद सलाहले ८१औं मिनेटमा एक गोल गर्दै खेलमा फर्काउने कोशिस गरेका थिए । तर त्यसपछि गोल भएन र युनाइटेड २–१ ले विजयी भयो ।
पहिलो जितपटि तीन खेलबाट ३ अंक जोडेको युनाइटेड १४औं स्थानमा उक्लेको छ । यो सिजनमा तेस्रो खेलसम्म जित निकाल्न नसकेको लिभरपुल २ अंकसहित १६औं स्थानमा छ ।