आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

लगातार तीन खेलमा जित निकालेको आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा कप्तान मार्टिन ओडेगार्डको दुई गोल मद्दतमा आर्सनलले बर्नमाउथलाई ३–० ले हराएको हो ।

यो सिजन उत्कृष्ट लयमा रहेको आर्सनलले लगातार तीन खेलमा जित निकाल्दै ९ अंक जोडेको छ ।

बर्नमाउथको मैदानमा भएको खेलमा कप्तान ओडेगार्डले खेलको पाँचौं र ११ औं मिनेटमा गोल गरेका थिए भने वलियम सालिबाले ५४ औं मिनेटमा तेस्रो गोल गरे ।

गाब्रियल जिसले ७२ औं मिनेटमा गरेको गोल भने भीएआरले मान्यता दिएन ।

शनिबार नै भएको अर्को खेलमा टोटनह्यामले उल्भ्सलाई १–० ले हरायो । टोटनह्यामले ३ खेलबाट ७ अंक जोडेको छ ।

अन्य खेलमा क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई ३–१ ले, फुलह्यामले ब्रेन्डफोर्डलाई ३–२ ले, साउथ ह्याम्प्टनले लेस्टरलाई २–१ ले हराउँदा एभर्टन र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?