कम्युनिटी शिल्डको उपाधि लिभरपुलले जित्यो, सिटी पराजित

लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै लिभरपुलले एफए कम्युनिटी शिल्डको उपाधि उचालेको हो ।

आइतबार भएको खेलमा लिभरपुललाई जिताउन खेलको २१ औं मिनेटमा लिभरपुलका ट्रेन्ट एलेक्जान्डर आर्नल्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७० औं मिनेटमा जुलियन अल्भारेजले सिटीका लागि बराबरी गोल फर्काए । तर ८३ औं मिनेटमा पेनाल्टीमार्फत मोहम्मद सलाहले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका थिए ।

खेलको अतिरिक्त समयमा डार्विन नुएजले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए । प्रिमियर लिग विजेता र एफए कप विजेताबीच कम्युनिटी शिल्डको उपाधि भिडन्त हुनेगर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?