यी हुन् पद्मश्री पुरस्कारका लागि छानिएका पाँच पुस्तक

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् ।

पाँच पुस्तकको संक्षिप्त सूचीमा डा.नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको संग्रहालय रहेका छन् ।

पद्मश्री पुरस्कारका लागि क्रमशः तीन चरणमा पुस्तकहरु सिफारिस गर्न खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले खुला स्वतन्त्र निर्णायक समिति बनाएको थियो ।

२०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट समितिले सिफारिस गरेका १५ वटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक भएको थियो ।

तीमध्येबाट थप अध्ययन गरी पाँचवटा पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?