“तिमीले सोचे जस्तो” सार्वजनिक (भिडियो सहित)

प्रदेशिने नेपालीको संख्या बढे संगै नेपाली गीत-संगीतलाई प्रदेशमा रहने नेपालीहरुले माया गर्ने क्रम पनि बढेको छ।यसै क्रममा बाग्लुङ जिल्लाको गल्कोटमा जन्मेर पछिल्लो समय जापानलाई कर्मथलो बनाउदै आएका लक्ष्मण कार्कीको “तिमीले सोचे जस्तो” आधुनिक गीत सार्वजनिक भएको छ।


यस गीतमा शब्द रचना लक्ष्मण कार्कीको छ भने चर्चित संगीतकार श्रीकृष्ण बम मल्लको संगीत रहेको यस गीतमा चर्चित युवा गायक बिश्व नेपालीले जादुमयी स्वर भरेका छन्।

गीतकार कार्कीले रचना गरेका दुई गीत नछोड नेपाललाई(देशका सिपाही) र आफ्नो भाग्य(सहयात्रा) यस भन्दा पहिले नै सार्वजनिक भई सकेका छन्।ति दुबै गीत जापानमा नै छायांकन भएका थिए भने जापानमा नै बिमोचन गरिएको थियो।

यस गीतमा प्रमिला कार्की र जे सी राज पौडेलको अभिनय रहेको छ।प्रमिला एनटिभी प्लस टेलिभिजनबाट प्रसारण हुने झंकार लाईभ सो कि प्रस्तुतकर्ता पनि हुन्।साथै अतिथि कलाकारका रुपमा निलिमा र मुस्कानलाई पनि देख्न सकिन्छ।

चितवनको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस गीतमा सौगात आचार्यले छायांकन गरेका छन् भने यस गीतको निर्देशन पछिल्लो समयका आशा लाग्दा युवा निर्देशक प्रवीन भण्डारीले गरेका छन्।त्यसैगरी गीतलाई सम्पादन अहिलेका निकै नै ब्यस्त सम्पादक टेकेन्द्र शाहको रहेको छ।

आर एस डिजिटलको प्रस्तुति रहेको यस गीतलाई एनटीभि प्लस टेलिभिजनको झंकार लाईभ सो मार्फत पहिलो पटक सार्वजनिक गरिएको थियो ।म्युजिक नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा साना साना संका उपसंकामा पारिवारिक रुपमा उत्पन्न समस्यालाई सम्झौता गरेर भएपनि समाधान गर्नु पर्छ।सम्बन्ध तोड्नु हुदैन भन्ने सन्देश पनि देख्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?