चन्द्र खत्रीको वियोगान्त गीत ‘सुन कथा’ (भिडीयो)

नेपाली लोक सगीत क्षेत्रमा पछिल्लो समय वियोगान्त गीतले धेरै दर्शकको मन जितेको छ र बजारमा चर्चा चलिरहेको छ । प्रकाश सपुतको बोल मायाले दर्शकको मन जितिरहेको बेला यतिबेला चन्द्र खत्रीको ‘सुन कथा’ ले धेरै दर्शकलाई रुवाएका प्रतिकृयाहरु आएका छन ।

इश्वर सिंह र कालिका रोक्काको सुमधुर स्वर रहेको लोकदोहोरी गीत ‘सुन कथा’मा मौसम गुरुङ र जुना गुरुङको अभियन रहेको छ भने निर्देशन प्रकाश भट्टले गरेका हुन् । सितल सिजन डिजिटलले यूट्युव मार्फत सार्वजनिक गरेको गीत तथा गीतको भिडियोमा बियोगान्त प्रेमकथा देखाउन खोजिएको छ ।

राजेश घिमिरेले छायाँकन गरेको गीतलाई वीष्णु शर्माले सम्पादन गरेका छन । प्रेम, वियोग तथा संबेदनाका भावहरु समेटिएको गीत उत्कृष्ट बनेको छ ।

जापानमा रहेर व्यवसाय गरिरहेका चन्द्र खत्रीको यो गीत पहिलो भने होईन । उनले यो भन्दा अगाडी पन्चेबाजामा साइली र तिम्ले भुल्न सकेउ के गरी बोलको गीतलाई बजारमा पठाइसकेका छन भने अब ‘पिरतीको क ख मायालु’ बोलको गीत बजारमा आउने तरखरमा रहेको छ ।

जापानमा व्यवसाय संगै घुम्टे नौमती बाजा समुहमार्फत लोक सङ्गितमा सक्रीय भएर लाग्न आफुलाई हौसला मिलेको सर्जक चन्द्र खत्री बताउनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?