क्यारेबियन प्रिमियर लिग आजबाट सुरू, सन्दिप सम्मिलित टिमको पहिलो खेल भोलि

क्यारेबियन प्रिमियर लिग आजबाट सुरू हुँदैछ। विभिन्न ६ टोलीले सहभागी जनाउने प्रतियोगितामा नेपाली युवा बलर सन्दीप लामिछानेले पनि खेल्दैछन्।

सन्दीपलाई सेन्ट नेभिस एण्ड प्याट्रिओट्सले ५ हजार डलरमा अनुबन्ध गरेको हो।

सीपीएल खेल्नका लागि सन्दीप नेदरल्याण्ड्सबाट आइतवार नै वेष्टइन्डिज पुगिसकेका छन्। सन्दिपको टिमको नेतृत्व वेष्टइन्डिजका स्टार क्रिस गेलले गर्नेछन्।

प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा सन्दिपको टोली प्याट्रिओट्सले बिहीवार गुएना अमेजन वारियर्ससँग खेल्नेछ।

आजको उद्घाटन खेलमा साविक विजेता ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया स्टारबीच हुनेछ।

खेल नेपाली समयअनुसार राति ११:४५ बजे गुएनामा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?