अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । बाल गायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बुधबार सार्वजनिक भएको छ ।

काठमाडौँको पुतली सडकस्थित ‘स्टुडियो नाइन’मा आयोजना गरिएको विशेष कार्यक्रममा उक्त गीतको म्युजिक भिडियो रिलिज गरिएको हो ।

गीत रिलिज गर्न बालगायक प्लेन चढेर झापाबाट काठमाडौँ आएका थिए ।

गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा दर्जी आफैले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?