धनगढी प्रिमियर लिग चैत १७ बाट, विजेताले २५ लाख पाउने

२० पुस, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट आगामी चैत १७ गतेबाट हुने भएको छ ।

माघ ५ गतेबाट गर्ने तयारी भए पनि राष्ट्रिय टोली व्यस्त रहने भएकाले प्रतियोगिता केही पछि सार्नु परेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

बैशाख १ गतेसम्म सञ्चालन हुने डीपीएल २ खेल्ने खेलाडीहरुको छनोट अक्सनबाट गरिनेछ । फागुन ५ मा अक्सन हुनेछ । यसका लागि खेलाडीहरुले पुस २० बाट माघ २५ गतेसम्म आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ ।

अक्सन अघि डीपीएल खेल्ने टिम र रणनीतिक खेलाडी छनोट गरिने आयोजकले जनाएको छ । कप्तान छनोट जिम्मा भने फ्रेन्चाइज टिमलाई नै दिइनेछ ।

खेलाडीहरुलाई तीन समूहमा बाँडिनेछ । कम्तिमा १५ अन्तराष्ट्रिय खेल खेलेका तथा ३ वर्षदेखि राष्ट्रिय टोलीमा रहेका खेलाडीहरु समूह ए मा पर्नेछन् भने बाँकी राष्ट्रिय, समूह समूह खेलेका वा क्याम्पमा परेका खेलाडी समूह बीमा हुनेछन् ।

समूह सीमा भने अनक्याप खेलाडीहरुलाई राखिनेछ । हरेक फ्रेन्चाइज क्लबले न्युनतम रुपमा समूह एका दुई, बीका तीन र सीका ५ खेलाडी राख्नुपर्नेछ । हरेक टिममा १५ खेलाडी हुनेछन्, जसमा दुई विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट सुदूरपश्चिमका एक खेलाडीलाई अनिवार्य समावेश गर्नु पर्नेछ ।

विजेताले २५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १० लाख, तेस्रो हुनेले ३ र चौथोले २ लाख पाउनेछ । विजेताको रकम गत वर्ष भन्दा १० लाख वढी हो । गत वर्ष विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख दिइएको थियो ।

यस्तै म्यान अफ दि म्याचलाई १० हजार र म्यान अफ दि सिरिजलाई मोटरसाइकल पुसस्कार छ । प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउनेछन् । आयोजकका अनुसार कुल परस्कार राशी ५० लाख रुपैयाँ छ ।

आयोजकले यस पटकबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटमा सहभागी एक पूर्वखेलाडीलाई धनगढी क्रिकेट सम्मान र राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान दिने एक जनालाई ‘अर्जुन खड्का स्मृति सम्मान स्वरुप १/१ लाख दिने पनि बताएको छ ।

प्रतियोगिताको कुल लागत करिव ३ करोड रहेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।

प्रतियोगिताका लागि खेलाडी दर्ता सुरू

डीपीएलका लागि खेलाडी दर्ता बिहीबारदेखि सुरू भएको छ । राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान तथा डीपीएल टोली सीवाइसी अत्तरीयाका कप्तान ज्ञानेन्द्र मल्ले अाफ्नो नाम दर्ता गरी खेलाडी दर्ता प्रक्रियाको सुरूवात गरे ।

खेलाडी दर्ताका लागि अायोजक धनगढी क्रिकेट एकेडेमी र इसेवाबीच सम्झाैता भएको छ । सम्झाैताअनुसार प्रतियोगितामा नाम दर्ता गर्न खेलाडीले dpl.esewa.com.np बाट बारकाेड लिएर अाफ्नो नाम www.dplofficial.com मा दर्ता गर्नुपर्नेछ ।

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र र्इ-सेवाका सीर्इअो अक्सर अलीबीच अाजै सम्झाैतापत्रमा हस्ताक्षर भएको छ ।

यस सिजनका लागि खेलाडी दर्ता माघ २५ सम्म गर्न सकिनेछ । नाम दर्ता भएका खेलाडीहरूलार्इ फागुन ५ गते हुने अक्सनमा समावेश गरिनेछ । प्रत्येक टिममा एकजना रणनीतिक खेलाडी रहनेछन् भने उनीहरू कप्तान नै हुनुनपर्ने अायोजकले जनाएको छ ।

प्रतियोगिताका खेल हेर्न दर्शकका लागि लिग चरणमा ५०, प्लेअफमा ७० र फाइनलमा १०० रूपैयाँ टिकट दर तोकिएको छ । टिकट र्इ-सेवाबाट पनि पाउन सकिने अायोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?