मेसीको ट्याटु प्रेम

अर्जेन्टिनाका बार्सिलोना स्टार लियोनल मेसी जति ठूला फुटबल खेलाडी हुन्, उनको ट्याटु प्रेम पनि उत्तिकै छ । आफ्नो शरीरमा एकपछि अर्को ट्याटु खोप्दै आएका मेसी यसै कारणले पनि समय–समयमा चर्चामा आउँछन् । मेसी अहिले पनि चर्चामा छन् र त्यसको कारण उनको नयाँ ट्याटु हो ।

मेसीले आफ्नो बायाँ खुट्टाको घुँडामुनि पूरा ट्याटु बनाएका छन् । यसअघि त्यसमा १० नम्बर, बल र आफ्ना छोराको अनुहारसहितको हल्का सादा ट्याटु थियो । अहिले त्यो निकै गाढा भएको छ र त्यसलाई टाढाबाट हेर्दा कालो मोजा लगाएजस्तै देखिन्छ । मेसीको दायाँ हात पनि ट्याटुले भरिएको छ । मेसी यसअघि रंगाइएको केश र दाह्रीका कारण पनि चर्चामा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?