यस्तो छ लियोनेल मेस्सीको लभ स्टोरी आफ्नी प्रेमिकासँग

संसारभरी चर्चित लियोनेल मेस्सीले आफ्नी बालसखा एवं प्रेमिकालाई एन्टोलेना रोकुजो-सँग विवाह गरेका हुन् । स्प्यानिश फुटबल क्लब बार्सिलोनाका लागि खेल्ने मेस्सीको विवाहमा थुप्रै सेलिब्रिटी अर्जेन्टिना पुगेका थिए । मेस्सीको गृहजिल्ला रोसेरियोको सबैभन्दा उत्कृष्ट होटल कसिनोमा उनीहरुको विवाह भएको थियो  ।

एक अर्कालाई विगत २५ वर्षदेखि चिनेको यो जोडीले आफ्नो विवाहमा मोबाइल फोन प्रतिबन्ध गरेका थिए । होटलका कर्मचारीलाई गोपनियताको शपथ खुवाइएको थियो भने ४ सय ५० पुलिस अधिकारी तैनाथ गरिएका थिए ।

ड्रेस दोहोरिएर हुने झगडालाई रोक्नका लागि महिला अतिथीलाई तीनवटा ड्रेस ल्याउन आग्रह गरिएको थियो भने पुरुष अतिथीलाई तीन भिन्न प्रकारका सर्ट ।

अर्जेन्टिनाका पूर्व र म्यान्चेस्टर सिटीका डिफेन्डर मरिन डेमिचेलिसकी श्रीमती र प्लेब्वईं मोडल इभान्जेलिना एन्डरसनले पाँचवटा ड्रेस ल्याएको बताइएको छ ।

यस्तै मेस्सीजस्तै देखिने उनका एक सुपरफ्यान ब्राजिलका एलेक्सले मेस्सीले विवाह गरेकै समयमा श्रीमतीलाई विवाह गर्नका लागि रोसेरियो आएको बताएका छन् । उनले मेस्सीको विवाह भइरहेको होटल बाहिर श्रीमतीसँग पुनः विवाह गरे ।

मेस्सी र एन्टोनेलाले जेठो छोरा थियागोको अगाडि विवाहको कसम खाए । जोडीलाई श्रीमान श्रीमती घोषणा गरेपछि निलो अर्मानी सुट लगाएका मेस्सीले श्रीमतीलाई चुम्बन गरे र छोराको टाउको सुम्सुम्याए ।

पाँच वर्षको उमेरमा भएको थियो पहिलो भेटघाटः

मेस्सी र रोकुजो बाल्यकालमा छिमेकी थिए । पाँच वर्षको उमेरमा मेस्सीले पहिलो पटक रोकोजालाई देखेका थिए । त्यसपछि मेस्सी १३ वर्षको उमेरमा स्पेन गए जहाँ उनले फुटबल क्लब बार्सिलोना ज्वाइन गरे तर दुबै सधैं सम्पर्कमा रहन्थे । उनीहरुको दोस्ती प्रेममा परिवर्तन हुन बेर लागेन । सन् २००८ मा मेस्सी र रोकोजो सँगै बस्न थाले । उनीहरुका दुई छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?