को को हुन् त रोनाल्डोको प्रेममा परेका चर्चित ५ सुन्दरीहरु ?

म्याड्रिड– स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो मैदानभित्र बल खेलाउन जति अब्बल छन् मैदानबाहिर प्रेमिका बनाउन त्यति माहिर मानिन्छन्।

पाँच पटकका फिफा वर्ष खेलाडी रोनाल्डो सन् २००३ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएपछि चर्चामा रहे। रोनाल्डोले सन् २००३ देखि नै युवातीसँग डेट गरेका तस्बिर सार्वजनिक हुन थालेका थिए। उनले हालसम्म दुई दर्जनभन्दा बढी युवतीसँग डेट गरिसकेका छन् । तर उनका केही सम्बन्ध भने चर्चित छन्।

gf

हाल रोनाल्डोले मोडल जर्जिना रोड्रिगुएजसँग डेट गरिरहेका छन्। एक वर्षअघि प्रेममा परेका उनीहरु सार्वजनिक स्थानमा देखिँदै आएका छन्। जर्जिना अहिले गर्भवती छिन्। यो वर्षको अन्त्यसम्ममा रोनाल्डो चौथो सन्तानको पिता बन्दैछन्। रोनाल्डोले वर्षको सुरुवातमै भाडाको कोखको सहायतामा जुम्ल्याहा छोराछोरी जन्माएका थिए। सन् २०१० मा पनि रोनाल्डोले भाडाको कोखबाट क्रिस्टियानो रोनाल्डो जुनियर जन्माएका थिए।

जर्जिनासँग प्रेममा पर्नुअघि रोनाल्डो रसियन मोडल इरिना सायकसँग प्रेममा थिए। उनीहरुबीच पाँच वर्ष अफेयर चलेको थियो। नायिकासमेत रहेकी इरिनासँग रोनाल्डो पटक पटक सार्वजनिक स्थानमा देखिने गरेका थिए। इरिनाले सन् २०१० को उत्कृष्ट इन्टरनेसलन मोडलको अवार्ड जितेकी थिइन्।

रोनाल्डो सन् २०१० मा चर्चित टेलिभिजन प्रस्तोता तथा मोडल किम कार्डिसियनसँगको सम्बन्धका कारण पनि चर्चित बन्न पुगे। सन् २०१० मा रोनाल्डो र किमले म्याड्रिडमा डेट गरिरहेको तस्बिर सार्वजनिक भएका थिए। किम रोनाल्डोलाई भेट्न धेरै पटक स्पेन आउने गरेको खुलासा भएको थियो।

सन् २००८ मा रोनाल्डोको सम्बन्ध अमेरिकी नायिका पेरिस हिल्टनसँग थियो। रोनाल्डो र हिल्टनबीचको सेक्स टेपसमेत सार्वजनिक भएपछि पेरिसको पारिवारिक सम्बन्धसमेत बिग्रिएको थियो। तर रोनाल्डो र पेरिसबीच लामो समय सम्बन्ध टिक्न सकेन। उनीहरु सार्वजनिक स्थानमा सँगै देखिएनन् ।

सन् २००७ मा रोनाल्डो र बेलायती नायिका जेम्मा एट्किनसनबीच अफेयर थियो। तर उनीहरुबीचको सम्बन्ध भने गुपचुप नै थियो। एट्किनसनले पछि रोनाल्डोसँग सम्बन्ध रहेको स्वीकार गरेकी थिइन्। रोनाल्डोसँग धेरै रात आफ्नो घरमा बिताएको एट्किनसनले अन्तरवार्तामा बताएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?