क्रिसट्यांनो रोनाल्डो मेस्सीको एकछेउ पनि नआउने ‘जाभी’को भनाई

क्रिस्टियानो रोनाल्डो बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीको नजिक पनि नआउने बार्सिलोनाका महान खेलाडी जाभीले दाबी गरेका छन् ।

जाभीको नजरमा फुटबल इतिहासमै मेस्सी उत्केष्ट खेलाडी हुन् । ११ वर्ष अर्जेन्टिनी मेस्सीसँगै खेलेका जाभी फुटबलमा रोनाल्डो भन्दा निकै माथी रहेको बताउँछन् । स्पेनिस जाभीले भने-‘रोनाल्डोले आफुलाई इतिहासको उत्कृष्ट मान्छन् भने त्यसमा भन्नु केहि छैन । तर जसले मेस्सीको अभ्यास हेरेका छन् । त्यहाँ कुनै तुलाना हुँदैन । मेस्सी इतिहासको उत्कृष्ट हुन् । त्यसमा अर्को ढंगले हेर्नु पर्ने केहि छैन ।’

मेस्सीका कारण शनिबार हुने एल क्लासिकोमा फरक पर्ने जाभीको विश्वास छन् । बार्सिलोना र रियलबीच रियलको मैदानमा एल क्लासिको हुँदैछ । ‘ उनले भने, ‘मेस्सी त्यस्ता खेलाडी हुन् विश्व फुटबलमै त्यसको फरकपन देख्न सकिन्छ । उनी अरु भन्दा माथि छन् । ‘ ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना भन्दा रियल ११ अंकले पछाडि रहेको छ । उपाधि दौडलाई बलियो बनाउने हो भने शनिबारको खेल रियलले जित्नै पर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?