रियल म्याड्रिड र पिएसजीबीचको खेलको हेर्न १४ हजार युरो तिर्नुपर्ने

पेरिस सेन्ट जर्मन र रियल म्याड्रिडबीच खेलको टिकटको अधिकतम मुल्य १४ हजार युरो तोकेको छ ।

च्याम्पियन्स लिगका उपाघि दाबेदार मानिएका दुई टोली प्रतियोगिताको अन्तिम १६ मा भिड्दै छन् । त्यस खेलका लागि टिकट मुल्य पुन: बिक्रि गरिँदै छ र अधिकतम मुल्य १४ हजार युरोसम्म रहेको छ ।

पिएसजी र रियल म्याड्रिडको खेलको टिकट सकिएको छ तर पुन: बिक्रि गरिएका टिकट भने खरिद गर्न सकिने छ । पुन: बिक्रि गरिएका टिकटको मुल्य ३ सय ९५ युरो देखि १४ हजार ६ सय ९५ रहेका छन् ।
पिएसजीको घरेलु मैदानमा पिएसजी र रियल दोस्रो लेगमा भिड्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?