उत्तरले जापानी आकासमा क्षेप्यास्त्र हानेपछि जापानी प्रधानमन्त्री आबेको यस्तो छ पहिलो प्रतिक्रिया

जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियालाई यो आणविक परीक्षणको कार्यलाई तत्कालै रोकेर शान्ति वार्ताका लागि आग्रह गरेका छन्र ।  
साथै उनले यस कार्यका विरुद्धमा विश्व समुदायको ऐक्यबद्धता आवश्यक रहेको समेत बताएका छन्र । उनले भनेका छन्र– उत्तर कोरियाको यो कार्यले विश्व शान्तिमाथि नै धावा बोलिरहेको छ, अब उसका विरुद्धमा एक हुनु जरुरी छ ।

उनले उत्तर कोरियाले यसरी नै हतियारको होडलाई जारी राख्ने हो भने यसबाट उसको भविश्य पनि राम्रो हुनेछैन भन्ने कुरा विश्व समुदायले नै जानकारी गराउनुपर्नेमा पनि जोड दिएका छन्र ।

जापानी प्रधानमन्त्री अबेले भनेका छन्र, “यी परीक्षणहरु शक्तिशाली छन् र यस्ता क्रियाकलापहरू जापानका लागि अत्यन्तै अस्वीकार्य छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?