आयोजक गल्कोट स्पोर्टस् क्लब दोस्रो रनिङ कप भलिबल च्याम्पियन

photo 7टोकियो । गल्कोट स्पोर्टस् क्लब जापानले टोकियोमा नयाँ वर्ष २०७३ सालको अवसरमा आयोजना गरेको दोस्रो रनिङ कप भलिबल प्रतियोगिताको उपाधी आयोजक गल्कोट स्पोर्टस् क्लबले जितेको छ ।

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नारासहित आयोना गरिएको प्रतियोगितामा नेपाल स्पोर्टस क्लब तोचुगी भने उपविजेतामै सीमित भएको छ ।

कुल ११ टिमको सहभागिता रहेको प्रतियोगितामा गत वर्षको उपविजेता शिवज्योति जापानले गल्कोट स्पोर्ट्स कल्व टोकियोलाई वाकओभर दिएको थियो भने अन्य खेलहरु भने निकै प्रतिस्पर्धात्मक भएका थिए ।

प्रतियोगिताको उद्घाटन गैरआवासीय नेपाली संघ (एनआरएन) जापानका अध्यक्ष सुदन थापाले गरेका थिए । उद्घाटन समारोहमा घुम्टे नौमती बाजाले कार्यक्रम स्थलको वातावरण हर्षोल्लासपूर्ण बनाएका थियो ।

कल्बका अध्यक्ष गिरीप्रसाद शेरचनको अध्यक्षता र महासचिव लक्ष्मण कार्कीको संचालनमा भएको कार्यक्रम सञ्चालन भएको थियो भने मुख्य रफ्रीको भूमिका रत्न सिंह बस्नेतले निभाएका थिए ।

प्रतियोगिताको समापन चरणको कार्यक्रममा जापानका लागि कार्यबहाक नेपाली राजदूत तथा उपनियोग प्रमुख गेहेन्द्र राजभण्डारी प्रमुख अतिथि रहेका थिए । सो अवसरमा लामो समयदेखि किक बक्सिंग मार्फत नेपाललाई चिनाउदै आएका मोहन महर्जनलाई सम्मान समेत गरिएको थियो ।

गल्कोट स्पोर्टस् क्वबको दोस्रो वार्षिकोत्सव समेतको अवसर पारी आयोजना गरिएको प्रतियोगितामा कार्यबहाक राजदूत राजभण्डारी र गल्कोट समाजका उपाध्यक्ष तथा स्पोर्टस क्लबका सल्लाहकार दिलु पन्तले शुभकामना मन्तव्य समेत राखेका थिए ।

प्रतियोगितामा स्पोर्टस म्यानसिप प्लेयर तोचुगीका मदन साउद, डिफेन्सिप प्लेयर दीपसुन फुड्सका भिक्टर मगर, भर्सटाएल प्लेयर गल्कोट समाज नागोयाका देव केसी र बेष्ट प्लेयर गल्कोट स्पोर्ट्सका राजन मल्ल घोषित भएका थिए ।

त्यस्तै उत्कृष्ट खेल प्रदर्शनसगै अनुशासित टीमको उपाधि भने नेपाल स्पोर्ट्स क्लब तोचुगीले प्राप्त गरेको थियो ।

कार्यक्रम समापनका अवसरमा अध्यक्ष शेरचनले आर्थिक रुपमा सहयोग गर्ने संघसंस्थाहरु, ब्यापारी, स्वयंसेवक सहभागी सबै टीमलाई धन्यवाद ज्ञापन गरेका थिए ।

photo 1

photo 3

photo 4

photo 5

photo 6

photo 8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?