माउरिन्होका अनुसार मेस्सी कि रोनाल्डो उत्कृष्ट ? यो पढ्नुहोस् ..

म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले सर्वकालीन तीन महान फुटबल खेलाडीको नाम लिएका छन् । तर, उनले यो सूचीमा आफ्नै देशका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो पारेनन् ।

उनले लिओनल मेस्सीलाई पेले र म्याराडोनासँगै सर्वकालीन तीन महान फुटबलको सूचीमा राखेका छन् । माउरिन्होले रोनाल्डोको सट्टा मेस्सीको नाम लिनुमा उनको मन परिर्वतनको रुपमा लिइएको छ ।

तीन वर्ष रियल मड्रिडमा सँगै रहेका माउरिन्होले यसअघि रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबलर भन्दै आएका थिए । अहिले रोनाल्डोले हालै मात्र पोर्चुगललाई युरो कपको उपाधि समेत दिलाएका छन् । तर, माउरिन्होले भने रोनाल्डोको सट्टा मेस्सीलाई सर्वकालीन महान फुटबलर भनेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्