अब ह्याकरहरुले स्मार्ट { LED } बल्बबाट ह्याक गर्ने

धेरै कम्पनीहरुले आफ्ना प्रडक्टहरुमा इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराइरहेका छन् । ता की उनीहरु एक अर्कासँग इन्टरनेट अफ थिंग्सको माध्यमबाट सम्पर्क स्थापित गर्न सकून् ।
यसबाट प्रयोगकर्तालाई पनि यी डिभाइसलाई आफ्नो कम्प्युटर वा स्मार्टफोनको माध्यमबाट नियन्त्रण गर्ने सुविधा प्राप्त हुन्छ । तर एक नयाँ अनुसन्धानबाट के तथ्य पत्ता लागेको छ भने वायरलेस स्मार्ट टेक्नोलोजी मानिसहरुका लागि समस्याको कारक बन्न सक्दछ ।

स्मार्ट डिभाइसहरु ह्याकरको निसानामा पर्ने गरेका छन् स्मार्ट लक्स देखि स्मार्ट ल्याम्प सम्म ह्याकरहरुर्ल ह्याक गर्ने गरेका छन् । ह्याकरले एल इ डी लाइटलाई ह्याक गरेर प्रकाशको यस्तो झिलिमिली प्याट्र्रन सेट गर्नसक्छन् की त्यस्तो प्रकाशले मस्तिष्कघात सम्म गराउन सक्दछ ।
शेधकर्ताहरुले एक रिपोर्टमा भनेका छन् की उनीहरुले वायरलेस टेक्नोलोजीमा एक कमजोरी पत्ता लगाएका छन् । लाइट, स्विच, लक तथा थर्मोस्टाट जस्ता स्मार्टहोम डिभाइसहरु उक्त कमजोरीकै कारणले ह्याक गरिने खतरा हुन्छ । इजरायलको तेलअविवस्थित विजमन इन्स्टिच्यूट अफ साइन्स तथा क्यानडास्थित डलहोजी युनिभर्सिटीका शोधकर्ताहरुले यो तथ्य पत्ता लगाएका हुन् ।

शोधकर्ताहरुले फिलिप्स ह्यू स्मार्ट लाइट बल्बमा अनुसन्धान केन्द्रित गरेका थिए । उक्त बल्बको स्मार्ट प्रविधिमा रहेको एक कमजोरीका कारण ह्याकरहरुले बल्बलाई आफ्नो नियन्त्रणमा लिन सक्ने कुरा उनीहरुले पत्ता लगाए । यद्यपि यो सुरुमा खासै महत्वपूर्ण कुरा नलाग्न सक्छ । तर जब हजारौँ इन्टरनेट कनेक्टेड डिभाइसहरु आसपासमा राखिएको हुन्छ तब ह्याकरहरुले तयार गरेको मालवेयर एक डिभाइसबाट ती सबै डिभाइसमा तुरुन्तै फैलिन सक्दछ ।
ह्याकरहरुले स्मार्ट बल्बलाई ह्याक गरी एलइडी लाइटबाट यस्तो झिलिमिटी प्रकाशको वर्णपट तयार गरिदिन सक्दछन् जसले मानिसलाई दृष्टिभ्रम पैदा गरी मस्तिष्कघात तथा अन्य असहजता उत्पन्न गराइदिन सक्दछ ।
यसैबीच फिलिप्स कम्पनीले आफ्ना स्मार्ट बल्बमा ह्याकिंगका दृष्टिले खतरापूर्ण रहेको उक्त कमजोरी सुधार गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?