जापानमा नेपालीको संख्या ३ लाख ३४ हजार, नेपाली पाँचौं स्थानमा

|


टोकियो । जापानमा बसोबास गर्ने नेपालीको संख्या ३ लाख ३४ हजार ८५० पुगेको छ । जापानको अध्यागमन सेवा निकायले सार्वजनिक गरेको सन् २०२६ जुन मसान्तसम्मको तथ्यांकअनुसार नेपाली त्यहाँ बसोबास गर्ने विदेशी समुदाय मध्ये पाँचौं स्थानमा छन् ।

सन् २०२५ डिसेम्बर मसान्तमा जापानमा नेपालीको संख्या ३ लाख ९९२ थियो । त्यसपछिको छ महिनामा ३३ हजार ८५८ जना थपिएका हुन् । यो अघिल्लो वर्षको अन्त्यको तुलनामा करिब ११ दशमलव २ प्रतिशतको वृद्धि हो ।

जापानमा बसोबास गर्ने विदेशीमध्ये चिनियाँ नागरिकको संख्या सबै भन्दा बढी छ । त्यसपछि क्रमशः भियतनामी, दक्षिण कोरियाली र फिलिपिनो छन् । पाँचौं स्थानमा रहेका नेपालीको संख्या इन्डोनेसिया, म्यानमार र ब्राजिलका नागरिकको भन्दा बढी छ ।

पछिल्लो तथ्यांकले जापानमा नेपाली समुदायको आकार बढ्दै गएको देखाएको छ । यद्यपि, छ महिनामा थपिएको संख्या सोही अवधिमा नेपालबाट जापान प्रवेश गर्ने नेपालीको कुल संख्या भने होइन । यो सन् २०२५ को अन्त्य र सन् २०२६ जुन मसान्तमा जापानमा बसोबास गरिरहेका नेपाली नागरिकको संख्याबीचको अन्तर हो ।