टोकियो । विश्वकप फुटबल अन्गर्तगत बुधबार बिहान भएको खेलमा नर्वेले इराकमाथि शानदार जित निकालेको छ ।
इंग्लिस क्लब म्यान्चेस्टर सिटीबाट खेल्ने एर्लिङ हालान्डले दुई गोल गरेपछि २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले अमेरिकाको बोस्टन स्टेडियममा इराकलाई ४–१ गोलअन्तरले पराजित गरेको हो ।
नर्वेको जितमा एर्लिङ हालाण्डले दुई र लियो ओस्टिगार्डले एक गोल गर्दा एक गोल भने इराकका आयमन हुसेनले आत्मघाती गरेका थिए ।
हालाण्डले खेलको २९औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि इराकका हुसेनले गोल गर्दै खेल बराबरीमा फर्काए ।
खेलको ४३औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई दोस्रोपटक अग्रता दिलाए । खेलको ७६औं मिनेटमा नर्वेका लियोले हेडमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा पुर्याए ।
दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा आत्मघाती गोल भएपछि नर्वे ४–१ ले वियजी भयो ।
यो जितपछि नर्वे ३ अंकसहित समूह ‘आई’ को शीर्ष स्थानमा छ । समान ३ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । सेनेगल र इराक अंकविहीन छन् ।
नर्वेले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेयता विश्वकपमा छनोट हुन सकेको थिएन ।


