अमेरिकाको बी–५२ बम्बर विमान दुर्घटना

|

अमेरिकाको क्यालिफोर्नियास्थित एडवर्ड्स एयरफोर्स बेसमा बी–५२ बम्बर विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा विमानभित्र रहेका सबै ८ जनाको मृत्यु भएको अमेरिकी वायुसेनाले जनाएको छ । विमान नियमित परीक्षण उडानका क्रममा दुर्घटनामा परेको हो ।

सो विमान टेकअफ लगत्तै खसेर आगो लागेको थियो । दुर्घटनामा परी वायु सेनाका जवान र विमान परीक्षणमा आएमा विशेषज्ञको मृत्यु भएको हो ।

विमानको कन्ट्रोल सिस्टम, इन्जिन वा परीक्षणमा रहेका कुनै उपकरणमा खराबी आएको हुनसक्ने अनुमान गरिएको छ ।