साउदी र उरुग्वेले बराबरी खेल्दै अंक जोडे, स्पेन केप भर्डेसँग रोकियो

|

टोकियो। फिफा विश्वकप–२०२६ अन्र्तगत समूह एचको खेलमा साउदी अरब र दुई पटकको विश्वकप विजेता उरुग्वेले १–१ गोलको बराबरी खेलेका छन् ।

नेपाली समयअनुसार मंगलबार बिहान अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा अग्रता भने साउदीले ४१औं मिनेटमा अब्दुल्लाह अलाम्रीको गोलमार्फत लिएको थियो । तर, खेलको ८०औं मिनेटमा उरुग्वेका लागि म्याक्सी अरौजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकियो । यो खेलसँगै समूह ‘एच’ मा ४ वटै टोलीले एक एक खेलबाट १–१ अंक जोडेका छन् ।
यसअघि एक पटकको विश्वकप विजेता स्पेनलाई नवप्रवेशी केप भर्डेले गोलरहित बराबरी रोकेको थियो ।
मंगलबार बिहान नै सम्पन्न भएको बेल्जियम र इजिप्टबीचको खेल पनि १–१ गोलको बराबरीमा सकिएको छ ।