काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको ब्राजिल र मोरक्कोबीचको खेल बराबरीमा सकिएको छ ।
अमेरिकाको न्यु जर्सीमा भएको खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
खेलको २१औं मिनेटमा इस्माइल साइबारीको गोलमार्फत मोरक्कोले अग्रता लिएको थियो । तर, त्यसको ११ मिनेटपछि ब्राजिलले बराबरी गोल फर्कायो ।
ब्राजिलका लागि ३२औं मिनेटमा ब्राजिलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।
विश्वकप इतिहासमा ब्राजिल र मोरक्कोबीच यो दोस्रो खेल हो । यसअघि सन् १९९८ को विश्वकपको समूह चरणमा ब्राजिल र मोरोक्कोबीच खेल भएको थियो । जुन खेलमा ब्राजिल ३–० ले विजयी भएको थियो ।


