टोकियो । गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो ११औ वार्षिकोत्सव तथा नेपाली नयाँ वर्ष २०८३को अवसरमा आयोजना गरेको ११औं सिल्भर रनिङ कप पुरुष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता २०२६ सम्पन्न भएको छ।
‘स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद’ भन्ने मान्यतासहित सन् २०१५ मा स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको प्रतियोगितामा यसपटक पुरुष, खुल्ला महिला तथा मैत्रीपुर्ण भेट्रान्स खेल गरेको थियो ।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण, प्रवर्द्धन र खेलाडी तथा खेलको विकासमा टेवा पुर्याउने उदेश्यले संचालन भएको यस प्रतियोगितामा पूरुषतर्फ ८ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको थियो।
प्रतियोगितामा पुरुष भलिबलतर्फ सहभागी गल्कोट स्पोर्टस् क्लब टोकियो जापान, गल्कोट समाज जापान, पिरो स्पोर्टस् क्लब, बागलुङ समाज जापान ताराखोला फ्रेण्डस् सर्कल, चिवा गाईज भलिबल टिम, घुम्टे युवा परिवार र नारिता भलिवल ग्रुप सहभागी भएका थिए ।
पुरूषतर्फ प्रथम हुन सफल घुम्टे युवा परिवार जापान टिमले ३ लाख ३३ हजार ३३३ येनसहित सिल्भर कप, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने द्वितीय भएको पिरो स्पोर्टस् क्लबको टिमले २ लाख २२ हजार २२२ येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।
सान्त्वना स्थान प्राप्त गरेका गल्कोट समाज जापान र चिवा गाईज भलिबल टिमले समान ६१ हजार १११ येन तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यसैगरी महिला भलिबल प्रतियोगितातर्फ एनवाईएससी जापान, पुन क्लब जापान, मोना जापान, बुकी रेष्टुरेण्ट, घुम्टे युवा परिवार जापानको सहभागिता थियो ।
महिलातर्फको खुल्ला महिला भलिबलमा एनवाईएससी जापानले प्रथम स्थान हासिल गर्दै १ लाख ११ हजार १११ येनसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय हुन सफल मोना जापानले ६६ हजार ६६६ येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
बिधागत पुरस्कार अन्तर्गत पुरुषतर्फ
बेस्ट सेटर:- मिन सुनार, पिरो स्पोर्टस्
बेष्ट ब्लकर:- तोरण चन्द ठकुरी, घुम्टे युवा परिवार
उत्कृष्ट सर्भर:- अशोक सुनार, पिरो स्पोर्टस्
बेस्ट आउटसाइड हिटर :- अनमोल खत्री, पिरो स्पोर्ट्स
बेस्ट अपोजिट हिटर :- मिलन क्षेत्री, पिरो स्पोर्ट्स
बेस्ट लिबेरो:- योगेश राई, पिरो स्पोर्ट्स
उत्कृष्ट प्रशिक्षक :- दीपक कार्की, घुम्टे युवा परिवार
उत्कृष्ट खेलाडी:- रवि केसी, घुम्टे यूवा परिवार
त्यसैगरी महिलातर्फ
उत्कृष्ट खेलाडी:- शान्ति महतो, एनवाईएससी, जापान
बेस्ट आउटसाइड हिटर :- सस्मी पुन, मोना जापान
उत्कृष्ट प्रशिक्षक :- बसन्त थापा, एनवाईएससी जापान
कार्यक्रम गल्कोट स्पोर्टस क्लब टोकियो जापानका अध्यक्ष रमेश कुमार खत्रीको अध्यक्षता, गल्कोट समाज जापानका का.वा अध्यक्ष लोकेश खत्रीको प्रमुख आतिथ्यतामा महासचिव नारायण थापा र उपाध्यक्ष दिनेश थापाको संचालनमा भएको थियो।
कार्यक्रमको मुख्य प्रायोजकमा गल्कोट समाज जापान रहेको थियो ।
हरेक वर्ष गर्दै आएको बिशेष सम्मान सामाजिक ब्यक्ति बिशेषमा एनआरएनए जापानका निवर्तमान अध्यक्ष नविन निउरे र खेलाडी तर्फ भलिबल खेलाडि देवेन्द्र खत्रीलाई सम्मान गरिएको थियो भने ब्यक्तिगत जापान भ्रमणमा रहेका भलिबल खेलाडी तथा नरेठाटी युवा क्लबका अध्यक्ष सुवेदार पूर्णबहादुर कार्कीलाई समेत बिशेष सम्मान गरिएको थियो।
प्रतियोगिता मे ७ तारिक बिहीबारका दिन चिवाको याहोस एरेना स्टेडियममा भएको थियो।कार्यक्रममा संस्थाका संरक्षक सल्लाहकार एवं बिभिन्न संघसंस्थाका पदाधिकारीको बाक्लो उपस्थिति थियो।





