
काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धानका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।
यसअघि आयोगले ओली सरकारकै गृहमन्त्री रमेश लेखकसँग बयान लिएको थियो । उनले आयोगमा गएर बयान दिएका थिए ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने खबरसँगै ओलीले त्यसको सार्वजनिक प्रतिवाद गर्दै आएका छन् ।
बयान दिन नजाने भन्दै प्रतिवाद गरिरहेका ओलीलाई आयोगले बयानका लागि पत्र लेखेको हो ।
आयोगले यसअघि लेखक, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीसँग समेत बयान लिएको थियो ।
सरकारले असोज ६ गते गौरीबहादुर कार्की नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको आयोग गठन गरेको थियो ।







