नयाँ वर्षमा गल्कोट समाज जापानले ‘सांगीतिक शृङ्खला गर्ने

टोकियो । ‘हाम्रो गाउँ हाम्रो ठाँउ, हातेमालो गरी समृद्ध बनाऔँ’ भन्ने मूल मान्यता सहित स्थापित गल्कोट समाज जापानले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘सांगीतिक शृङ्खला २०२६’ आयोजना गर्ने भएको छ ।

समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा लगानी तथा सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त सांगीतिक कार्यक्रम जापानका प्रमुख तीन सहरमा सम्पन्न हुने छ ।

कार्यक्रम अन्तर्गत ओसाकामा डिसेम्बर ३१, नागोयामा जनवरी १ र टोकियोमा जनवरी २ तारिखका दिन सांगीतिक प्रस्तुति हुने आयोजकले जनाएको छ ।

सो कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरू शिव परियार, समीक्षा अधिकारी, रामकृष्ण बम मल्ल तथा प्रवासी गायक सुर्य खड्काको विशेष प्रस्तुति रहनेछ ।

गल्कोट समाज जापानले जापानमा रहेका नेपाली समुदाय, शुभेच्छुक तथा संगीत प्रेमी सबैलाई कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्य र सफल बनाउन सहयोग गरिदिन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?