जापानमा ताकाइचीको मन्त्रिपरिषद्को समर्थनदर ६७.५ प्रतिशतमा झर्‍यो

जापानमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको मन्त्रिपरिषद्को समर्थन दर ६७.५ प्रतिशतमा झरेको छ ।

सर्वेक्षणमा धेरैजसो उत्तरदाताहरूले उनको ताइवान सम्बन्धी टिप्पणीले चीनसँगको सम्बन्ध बिगारेको र जापानको अर्थतन्त्रमा असर पारेको बताएका छन् ।

यद्यपि, ५७ प्रतिशतले भने टिप्पणीलाई लापरबाहीपूर्ण नभएको बताएका छन् भने ३७.६ प्रतिशतले उनको अभिव्यक्ति बेठिक र लापरबाहीपूर्ण भएको उत्तर दिएका छन् ।

विगतका प्रधानमन्त्रीहरूले ताइवानको संवेदनशील मुद्दामा प्रत्यक्ष टिप्पणी गर्नबाट जोगिने गरेको सन्दर्भमा यो प्रश्न सोधिएको थियो ।

नोभेम्बर ७ मा संसदमा ताकाइचीले चीनले ताइवानमाथि आक्रमण गरेमा जापानले सैन्य प्रतिरोध गर्नसक्ने बताएकी थिइन् ।

उनको यो अभिव्यक्तिसँगै चीन–जापान सम्बन्धमा नराम्रो दरार उत्पन्न भएको छ । दुई दिनको टेलिफोन सर्वेक्षणका क्रममा ताकाइची नेतृत्वको सरकारमाथिको समर्थन दर अघिल्लो महिनाको तुलनामा २.४ अंकले घटेको पाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?