
टोकियो । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले विदेशी कामदार स्विकार्ने प्रणालीलाई ‘सही तरिकाले सञ्चालन गर्ने’ स्पष्ट प्रतिबद्धता जनाएकी छन् ।
हाल जापानमा विशेषगरी हेरचाह (केयरगिभर), कृषि र निर्माणजस्ता क्षेत्रहरूमा श्रमिकको अभाव बढ्दै गएको छ ।
सोही कारण जापान सरकारले विशेष दक्ष कामदार प्रणाली विस्तार गर्दै आएको छ।
प्रधानमन्त्री ताकाइचीले विदेशी कामदार स्वीकार्नु जापानको अर्थतन्त्रका लागि आवश्यक रहेको बनाएकी छन् । यद्यपि यो प्रणाली दुरुपयोगरहित, पारदर्शी र समाजसँग सन्तुलित हुनुपर्नेमा उनको जोड छ ।
उनको भनाइअनुसार, सरकारले अबदेखि सीमित संख्या तोकेर मात्र विदेशी कामदार ल्याउने स्वीकृति दिनेछ । जसले प्रत्येक क्षेत्रमा आवश्यक जनशक्ति अनुसार अनुमतिसंख्या निर्धारण गर्नेछ।
विशेषज्ञहरूको भनाइमा यो नीतिले जापानी उद्योगहरूलाई स्थायित्व दिनेछ । तर विदेशी कामदारका हक अधिकार र समान व्यवहार सुनिश्चित गर्न अझ ठोस कदम आवश्यक रहेकोमा उनीहरुको जोड छ।
प्रधानमन्त्री ताकाइचीले विदेशीहरू जापानी समाजको हिस्सा भएकाले उनीहरुका लागि बसोबास र कामका नियमहरूलाई सरल र निष्पक्ष बनाउन सरकार कटिबद्ध रहेको बनाइन् ।
यो घोषणालाई जापानका श्रम बजार र प्रवासी समुदाय दुवैले स्वागत गरेका छन्।







