
जापानमा विदेशी कामदार र विभिन्न पेशामा आबद्ध विदेशी नागरिकहरूको ‘एकीकरण नीति’ आवश्यक भएको विषय व्यापक रूपमा उठ्न थालेको छ ।
माइनिची सिम्बुनका अनुसार विशेषज्ञहरूले जापानले विदेशी जनसंख्या बढ्दै जाँदा अझ ठोस कानुनी र सामाजिक तयारी गर्नुपर्ने समय आएको बताएका छन् ।
विशेषज्ञहरुले भनेका छन्, ‘विदेशीहरू अब अस्थायी कामदार मात्रै होइनन्, उनीहरू जापानी समाजको हिस्सा बन्दै गएका छन् ।’
सरकारले एकीकरण नीति सफलतापूर्वक लागू गर्न सकेमा प्रवासी कामदार र विदेशी बासिन्दाहरूका लागि ठूलो फाइदा हुन सक्ने उनीहरुको भनाई छ ।
भाषा र संस्कृतिमा सहज पहुँच, सामाजिक सेवामा समान अवसर र दीर्घकालीन बसोबासको बाटो खुल्ने सम्भावना रहने विश्वास उनीहरुको छ ।
अहिले पनि जापानका धेरै शहरहरूमा विदेशीहरूको आवास, शिक्षा, स्वास्थ्य र रोजगारी सम्बन्धी समायोजनमा कठिनाइहरू देखिँदै आएका छन् ।
त्यसैले यो नीति केबल कानुनी दस्तावेजमा सीमित नभई व्यवहारमा लागू गर्न विशेषज्ञहरूले आग्रह गरेका छन् ।







