
जेन–जी प्रदर्शनका क्रममा आगजनी गरिएको सर्वोच्च अदालतले नियमित सुनुवाइ सुरु गर्ने भएको छ ।
सर्वोच्चको आकस्मिक पूर्ण बैठकले भदौं २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको निवेदनमा नियमित सुनुवाइ गर्ने जानकारी दिएको छ ।
प्रदर्शनकारीको आगजनीका कारण भदौ २४ गतेदेखि सर्वोच्च अदालतसहित देशभर सुनुवाइ सुरु हुन सकेको छैन ।
सर्वोच्चले भनेको छ, ‘नेपालको न्यायिक इतिहासका महत्त्वपूर्ण दस्ताबेजहरू करिब करिब नष्ट हुन गएका छन् । यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वाह गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकप्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भए पनि न्यायको मार्गमा अविचलित र दृढ रहँदै आम नागरिकहरूका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’







