नेपाल–जापान दौत्य सम्बन्धको ७०औं वार्षिकोत्सव वर्षैभरि मनाइने, राजदूत सुवेदीको संयोजकत्वमा आयोजक समिति

नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापनाको ७० औ वार्षिकोत्सव द्विपक्षीय महत्वका सार्थक, अविस्मरणीय र प्रभावकारी कार्यक्रमहरु आयोजना गरेर वर्षभरि नै मनाइने भएको छ ।

जसका लागि जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीको संयोजकत्वमा नेपाल र जापान दुवै देशका प्रतिनिधिहरु रहेको नेपाल–जापान ७०औं वार्षिकोत्सव आयोजक समिति गठन गरिएको छ ।

आयोजक समितिमा जापानका तर्फबाट मोतोयुकी ओदाची, मित्सुआकी कोजिमा, प्रा.डा.हिरोशी ईशी, प्रा. डा. मासासी ताचिकावा, प्रा.डा.तोशियाकी इतो, प्रा.डा. तेइजी बातानावे, डा.युकी इतो, कुनिओ इमानिसी, युइचिरो किमोतो, नोरिताडा मोरिता, हिरोमी इशिओका, मासाओ मिजुतानी, मिसुजु फुकुवा, हारुहितो नोजु, मिचिहिरो नारिता, युको ओकामोतो, मिका तामाकी, रेना मासुयामा, अकिरा तानातानी, इबाना काओरी, मिचिओ शिवाओका, सातोशी तोकुई, हिरोताका ताकेउची, मासाकाजु ओकुदा, मिनोरु वातानावे, केन्सी माएदा, तादासी मात्सुवारा, सेइया ईशी, कोहेइ तानाका, तादाहिसा कातो, काजुमासा काकिमी, ताच्या तावेई, तोशिहिको कावागुची र मासानोरी सुजुकी सदस्य रहेका छन् ।

त्यसैगरी नेपाली समुदायबाट समितिमा देवमान हिराचन, भवन भट्ट, महेश कुमार श्रेष्ठ, रोविन शेरचन, राजन प्रधानाङ्ग, सुवास लामिछाने, लाल बहादुर के.सी., कुलचन्द्र खरेल, मोहन पौडेल, दिलेन्द्र जोशी, श्रीभक्त गुरुङ, शान्त कुमार पहरी, प्रा.डा.केशवलाल महर्जन, प्रा.डा.नेत्रप्रकाश भण्डारी, प्रा.डा.सुदन शाक्य, प्रा.डा. मनोहर श्रेष्ठ, प्रा.डा. प्रमिला न्यौपाने, प्रा.डा. मनोजलाल श्रेष्ठ, डा. राम गिरी, डा. लुशुन चालिसे, डा. बलराम श्रेष्ठ, डा. सुदीप अधिकारी, जिज्ञान कुमार थापा, पुनम सुवेदी, किरण विक्रम थापा, राजन रिजाल, डिलाराम गैरे, तिलक मल्ल, ईश्वर गुरुङ, पासाङ विश्वकर्मा, सन्तोष पौडेल, विजेश थकाली, हवलचन्द्र लामा, सानुकुमार शाह, सोनाम शेर्पा, रामहरि पुडासैनी, प्रकाश पौडेल ‘माइला’, देवी बहादुर इङनाम, शिव खड्का, मञ्जुल मितेरी र शरद राई सदस्य रहेका छन् ।

नेपाली राजदूतावासका उप–नियोग प्रमुख हरिहर कान्त पौडेल आयोजक समितिको सचिवमा चयन भएका छन् ।
आयोजक समिति आवश्यकता अनुसार विस्तारित हुने तथा कार्यक्रमहरु तर्जुमा र सञ्चालनका लागि विषयगत समितिहरु गठन गरिने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?