
नेपालको पाल्पा स्थायी घर भई जापानमा बसोबास गर्दै आएका पाल्पालीहरूको संस्था पाल्पा समाज जापानको नयाँ कार्यसमिति चयन भएको छ ।
समाजको चौथो अधिवेशनले वविन रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अगस्ट २४ तारिख आइतबार टोकियोको शिनओकुबोस्थित बारकाडे गुड टाइम्समा सम्पन्न समाजको अधिवेशनले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मतिबाट चयन गरेको हो ।
समाजको अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै संगठनात्मक एकताको सन्देश दिएको निवर्तमान अध्यक्ष निरञ्जन गैरेले जानकारी दिए । अधिवेशन समाजका सल्लाहकार तोयानाथ पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
संगठनको अधिवेशनसँगै तीजको पूर्वसन्ध्यामा भएको कार्यक्रमलाई सांस्कृतिक उत्सवका रुपमा समेत मनाइएको थियो । सो अवसरमा पाल्पालीहरुलाई एकै ठाउँमा ल्याएर दर खाने कार्यक्रमका साथै खुसियाली साटासाट गरिएको थियो ।
एकैदिन अधिवेशन र तीजको कार्यक्रम दुवै भव्य रूपमा सम्पन्न भएको पल्पा समाज जापानले जनाएको छ ।
अधिवेशनवाट वरिष्ठ उपाध्यक्षमा सुवास बस्याल र उपाध्यक्षहरूमा सुमन न्यौपाने र ज्ञानजंग रायमाझी, महासचिवमा गंगालाल जिआर, सचिवमा विश्व अर्याल, कोषाध्यक्षमा आकाश अर्याल र सह–कोषाध्यक्षमा सागर पोखरेल निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक भरत ज्ञवालीले जानकारी दिए ।
त्यसैगरी सदस्यहरुमा विश्वबन्धु भण्डारी, युवराज अर्याल, विवेक न्यौपाने, हिमाल अर्याल, नारायण भट्टराई, सागर अर्याल, मधुसुदन अर्याल र अस्मिता न्यौपाने चयन भएका छन् ।







